भिमफेदी-८ लटरम्भेश्वर नजिक शव भेटियो 

हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ।  
मकवानपुरको भिमफेदी-८ मा शव भेटिएको हो ।सडेगलेको अवस्थामा शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। 
घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ।शवको सनाखत हुन नसकेको जनाइएको छ। घटनास्थल स्थल मकवानपुरको बकैया वडा नम्बर १२ र भिमफेदी ८ को सिमानामा पदर्छ।उक्त स्थान अहिले चर्चामा रहेको लटरम्भेश्वर मन्दिर नजिक रहेको बुझिएको छ।-prastakhabar

समाज