ब्राउन सुगर सहित घिमिरे पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटेबाट लागुऔषध ब्राउन सुगरसहित हेटौंडा उपमहानगरपालिका–२ चाईनाक्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरे पक्राउ परेका छन् ।

घिमिरेलाई करिब ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना५ ख ३८९५ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।-khabarbreak

समाचार