नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने खहरे खोलामा खसेर बसका सहचालक बेपत्ता 

चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन् । 

इच्छाकामना गाउँपालिका वडा नम्बर-५ मा पर्ने खहरे खोलामा खसेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता भएका हुन् । 

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक रहेका बोहोरा केहि सामान किन्नका लागि बसबाट झरेकाबेला चिप्लिएर खोलामा खसेका हुन् । 

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरिरहेको छ ।

समाचार