काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्दैछ । 

दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । 

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ । 

काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ ।

मुख्य समाचार