संस्कृति तथा नागरिक उड्डयनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ। 

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दर्ता गराएका हुन् । 

पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। 

मन्त्री आलेको २०७८ फागुन ३ गते सार्वजनिक भएको अश्लिल बोलेको अडियो प्रकरण र केहि दिनअघि पनि सार्वजनिक भएको अर्को अडियोका सम्बन्धमा छानबिन गरि कारबाही गर्न निवेदनमा माग गरिएको छ । 

मन्त्री आलेले सार्वजनिक नैतिकता र आचरण विपरितका कार्य गरेको आरोप निवेदनमा लगाइएको छ ।

मुख्य समाचार