१० करोड घुस लेनदेन प्रकरणः न्यायाधीशमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । घुस लेनदेनबारे जिल्ला न्यायाधीश  र कानुन व्यवसायि बीच भएको कुराकानीमाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घ्स लेनदेनको अडीयो सार्वजानीक भए सँगै बुधबार बसेको न्यायपरिषद्को बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो  । न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रशारण गरेको थियो । तर, न्यायाधीश कोइरालाले भने आफूबाट कुनै अनुचित काम नभएको दाबी गरी रहेका छन् । सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो।  न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन सकिन्छ। 

मुख्य समाचार