‘देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्’: प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिको चाबी जनताले माओवादी केन्द्रलाई दिएको बताएका छन् । 

बिहीबार ललितपुरमा माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको बताए । 

स्थानीय तह निर्वाचनमा आफूहरुले अरुले सोचेभन्दा ठूलो सफलता हात पारेको दाबी प्रचण्डले गरेका छन् । 

‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं। जनताले नेपाली राजनीतिको धारालाई कता कुन मोडमा लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई दिएका छन्,’प्रचण्डले भने । 

‘मलाई त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी जसले जिते पनि माओवादीले नै जितेजस्तो लागेको छ,’ प्रचण्डले भने,‘उनीहरू सबै अग्रगमनकारी हुन् प्रतिगमवादी होइनन्। संसद विघटनका पक्षधर होइनन्।’

मुख्य समाचार