नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त 

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त भएका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले महाप्रबन्धकको जिम्मेवारीमा वरिष्ठ क्याप्टेनसमेत रहेका ज्वारचनलाई नियुक्त गरेको हो । 

निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेपछि ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी दिइएको हो । 

ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडानसमेत गर्नेगरी जिम्मेवारी तोकिएको बताइएको छ ।

मुख्य समाचार