पूर्व राजा महेन्द्रको जन्म जयन्तीमा हेटौँडामा रक्तदान कार्यक्रम

हेटौँडा । मकवानपुर । पूर्व राजा स्वर्गिय महेन्द्र शाहको १०२ औँ जन्म जयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको युवा संगठनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ७० जनाले रक्तदान गरेको युवा संगठनका उपाध्यक्ष लक्ष्मण सापकोटाले बताए । कार्यक्रममा राप्रपाका युवा नेता सम्राट सिंहले सहजीकरण गरेका थिए भने रक्तदानमा सहभागि भएकाहरुलाई राप्रपाका नेता दीपक सिंहले रक्तदाताहरुलाई फलफुल एवम् जुस वितरण गरेका थिए ।

मुख्य समाचार