हेटौंडामा भोलि एक दिने ‘डेरी मेला’ हुँदै

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि शुक्रबार एक दिने ‘डेरी मेला’ हुने भएको छ ।नेपाल डेरी एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा भोलि एक दिने डेरी मेला गर्न लागेको हो ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचार प्रसार गर्न डेरी मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार हेटौंडा-२ को पल्पसा सदनमा भोलि बिहान १० बजे देखि अपरान्न ४ बजेसम्म डेरी मेला रहने र त्यसपछि एसोसिएसनको साधारणसभा एवं अधिवेशन सुरु हुने छ ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्ने मेला तथा साधारण सभामा देशभरबाट डेरी व्यवसायीहरुको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।

मुख्य समाचार