विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते 

विराटनग। प्रदेश एकको राजधानी विराटनगरबाट उदयपुरको कटारी जाँदै गरेको बस दुर्घटना भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा दुर्घटना भएको हो । बस पल्टिदा एक महिलाको मृत्यु भएको भने ११ यात्रु घाइते भएका छन् । विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ । मृत्यु भएकी महिला अन्दाजी ५०र६० वर्षीया रहेको र महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस दुर्घटना भएलगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् । ६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

मुख्य समाचार