पेट्रोलियम पदार्थको २६.६२ रुपैयाँ कर हटाउन शेखर कोइरालाको माग 

 नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पेट्रोलियम पदार्थमाथि लाग्दै आएको २६ रुपैँया ६२ पैसा कर हटाउन माग गरेका छन् । 

पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको सन्दर्भमा कोइरालाले जनतालाई राहतका लागि उक्त कर हटाउन माग गरेका हुन् । 

सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन माग गरेका छन् । 

‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस,’उनले लेखेका छन् ।

मुख्य समाचार