थप ४३ जनामा कोरोना संक्रमण पुष्टि  

पछिल्लो २४ घण्टामा नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ५६ जना निको भएका छन् ।

समाचार