थाहा नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८४ लाख 

मकवानपुर थाहा नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि पेश गरेको १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपियाँको बजेट पारित भएको छ । थाहा नगर उपप्रमुख भरत गोपालीले पालिकाको ११ औं नगरसभामा पेश गरेको उक्त नीति, कार्यक्रम तथा बजेट पास भएको हो ।

पप्रमुख गोपालीले आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९  लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका थिए ।

पेश गरेको बजेट मध्ये चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड, १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च अनुमान रहेको छ ।

मकवानपुर कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । सभाले आर्थिक तथा विनियोजन विधेयक समेत पारित गरेको छ ।

पालिकाको दशौं गाउँसभामा विधायन समितिका संयोजक भुवनसिं घलानले आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ प्रस्तुत गरेका थिए ।
बैठकले आर्थिक तथा विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो

मुख्य समाचार