हेटौंडा-९ मा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते 

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा  १६ जना घाइते भएका छन् ।
बाराबाट हेटौडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको डिजेल बोकेर आएको ट्यांकर र नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नं. को बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
दुर्घटनामा बारा तर्फ जाँदै गरेको लु ८६ प ६१३० नम्बरको मोटरसाईकल समेत बसको पछाडि ठोक्किदा ३ वटै सवारीका चालक, बसमा सवार यात्रुसहित १६ जना घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज