दोहोरी गायिका दिलमाया सुनारको मृत्यु हत्या कि आत्महत्या ? 

लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छिन् । 

काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । 

शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा फेला परेकी हुन् । सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् । 

उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जसले गर्दा घटना शंकास्पद देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । 

पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । 

घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मुख्य समाचार