सुनको मूल्य १०० रुपैयाँले वृद्धि 

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको हो । 

शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रुपैँयामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ