घट्यो सार्वजनिक सवारी साधनको भाडा 

यातायात व्यवस्था विभागले फेरि सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । शनिबार पेट्रोलियम पदार्थको मूल्य घटाएसँग सार्वजनिक यातायातको भाड पनि घटाएको हो । 

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ ।

मुख्य समाचार