आईजीपी बढुवाविरुद्धको मद्वामा आज सुनुवाई हुँदै 

प्रहरी महानिरीक्षक आईजीपी बढुवाविरुद्व परेको मुद्वाको सुनुवाई आज हुँदैछ । 

जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस हेर्दाहेर्दैमा पर्दै आएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । 

यसअघि निवेदन तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । 

एआईजी विश्वराज पोखरेलले कनिष्ठ व्यक्ति धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुख्य समाचार