आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनु पर्छः मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौंडामा आजबाट सुरु भएको प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहको व्यवस्था पछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनु पर्ने बताए ।

उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनले महिलाको उपस्थिति घटेको भन्दै आर्थिक उपस्थितिलाई भने बलियो बनाउन सकिने बताए । “राजनीतिक तहमा महिलाको हैसियत बलियो छ, आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनु पर्छ, बागमती प्रदेशले महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न कृषिमा आकर्षण बढाएका छ” उनले भने ।

कृषि उद्योगको विकास गर्न महिलालाई प्राथमिकता प्रोत्साहन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिलालाई कृषिमा दुध, जडिबुटी, औषधिको उत्पादन बढाउन लागि पर्न आग्रह गरे । “बागमतीको महिलालाई आर्थिक हैसियतमा उच्च बनाउन प्रदेश सरकार तयार छ यसैले हाम्रो प्रदेशमा उद्योगको विकास गर्न हामीले उद्योग मन्त्रालय छुट्टै व्यवस्था गरेछौँ” उनले भने ।

बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गरिएको हो ।

मुख्य समाचार