आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

व्यावसायिक अकबरे ९डल्ले० खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ ।

त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपालिकाको विभिन्न ठाउँमा पनि खुर्सानीको खेती हुने गरेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ छ । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।

कृषि समाचार