उच्चअदालत बार एशोशियशन मकवानपुरद्वारा पुर्वअध्यक्षहरूलाई सम्मान

हेटौंडा । उच्चअदालत बार एशोशियशन मकवानपुरले आफ्ना पुर्वअध्यक्षहरूलाई सम्मान गरेको छ । बारको सर्बोपरि हित र बिकासमा अविस्मरणीय भुमिका निर्बाह गरेको भन्दै बारले पुर्वअध्यक्षहरूलाई सम्मान गरेको हो । पुर्वअध्यक्ष स्वर्गीय सुरेन्द्रलाल दास सहित १४ जना अधिवक्ताहरूलाई सम्मान गरिएको हो ।

अधिवक्ता बालमुकुन्द खरेल, बरिष्ठ अधिवक्ताहरू सुर्यचन्द्र न्यौपाने, एकराज बास्तोला, अर्जुन उप्रेती, अधिवक्ता शैलेन्द्र कुमार बर्मा, मदन कुमार दाहाल, ध्रुबप्रसाद चौलागाई, केशब प्रसाद गौतम, मुकुन्द प्रसाद अधिकारी, अमृत कुमार लामा, गोपाल प्रसाद आचार्य, पुष्क बहादुर थापा, युबराज ओलीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

उच्चअदालत बार एशोशियशन मकवानपुरका अध्यक्ष सुशील पोखरेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम उच्च अदालत पाटन हेटौंडा ईजलाशका मुख्य न्यायधिश महम्मद साबिर हुसेनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायधिश, जिल्ला अदालत मकवानपुरका न्यायधिश, जिल्ला तथा उच्च अदालतका सरकारी वकिल सहित जिल्ला तथा उच्च बारमा आबद्ध कानुन ब्यबसायीहरूको सहभागिता थियो ।- khabar break

मुख्य समाचार