मुख्यमन्त्री पाण्डेलाई हटाउन सत्ता साझेदरकै हस्ताक्षर अभियान सुरु

हेटौँडा । बागाती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पूर्व सहमति बमोजि सरकार छाडन अटेर गरेपछि सत्ता साझेदार नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको छ । पाण्डेले पूर्व सहमति कार्यन्वयनमा इच्छा नदेखाएपछि वाध्य भएर हस्ताक्षर अभियान सुरु गरेको सत्ता साझेदार दलका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङले आफुहरुले हस्ताक्षर अभियान सुरु गरेको पुष्टि गरे ।

उनले भने ‘ हामीले राजेन्द्र पाण्डे जिलाई मुख्यमन्त्री बनाउनुभन्दा दुईतिन दिन अघिनै हस्ताक्षर अभियान चलाइका थिँयौँ, अहिले पनि सोहि प्रक्रिया अवलम्वन गरेका हौँ । बजेट अधिवेशन पछि हाम्रो पार्टीको नेतृत्वको सरकार स्थापना गर्ने पूर्व सहमति अनुसारनै प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन सुरु भएको हो, यसमा अन्यथा मान्नुपर्ने कुनै विषयनै छैन् ।’ मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहमतीको कार्यन्वयन सहजै गर्नेमा कांग्रेस विश्वस्त रहेको उनले बताए ।
सत्ता सझेदार नेकपा माओवादी केन्द्रले पनि हस्ताक्षर अभियान सुरु गरेको श्रोतको दाबी छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता छाडन केन्द्रको सहमति आवश्यक रहेको बताएपछि माओवादीले पनि पूर्व सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।-khabar break

मुख्य समाचार