जसपाले सरकारबाट आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलायो 

जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । 

जसपाले पनि सरकारमा सहभागी मन्त्रीहरु परिवर्तन गर्न तयारी गरेको छ । नयाँ मन्त्रीहरु क कसलाई बनाउने भन्ने भने टुंगो लागिनसकेको बुझिएको छ । 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् । 

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु परिवर्तन गरिसकेको छ ।

मुख्य समाचार