२३७ प्रहरीमाथि कारबाही

जनकपुर ।  प्रहरी अनुशासनविपरीत कार्य गर्ने २३७ प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारबाही गरेको छ ।प्रदेशका विभिन्न जिल्लामा खटिएकामध्ये अनुशासनहीन कार्य गर्ने ती प्रहरीलाई कारबाही गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

सो अवधिमा उत्कृष्ट काम गर्ने एक हजार ४० प्रहरीलाई पुरस्कृतसमेत गरिएको छ ।

मुख्य समाचार