वामदेवलाई कारबाही गर्ने पाँचजनालाई गौतमले गरे पार्टीबाट निष्काशित 

वामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान पार्टीबाट पाँच जनालाई निष्काशन गरेका छन् । 

शनिबार नेकपा राष्ट्रिय एकता अभियान पार्टीबाट संयोजक रहेका वामदेव गौतमलाई पार्टीबाट निष्काशन गर्ने पाँचजनालाई गौतमले जवाफी कारबाही स्वरुप पार्टीबाट निष्काशन गरेका हुन् । 

निष्काशनमा पर्नेमा युवराज सफलसहित पाँच जना रहेका छन् । नेकपा राष्ट्रिय एकता अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतममाथि पाँच बुँदे आरोप लगाउँदै शनिबार पार्टीबाट निष्काशन गरेको थियो । 

बैठकले सचिवालय सदस्य युवराज सफललाई नयाँ संयोजक तोकेको थियो । पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले अनुशासनविपरीतका क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाहीको निर्णय भएको बताए । 

युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ ।

मुख्य समाचार