देशभर थप ५३ जनामा संक्रमण पुष्टि 

हेटौंडा । नेपालमा पछिल्लो दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार देशभर पछिल्लो २४ घण्टामा २ हजार १२० जनामा परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । सो समयमा देशभर २० जनाले संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर ४४ जनामा संक्रमण पुष्टि भएको थियो । हाल देशभर ३ सय ३३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

मुख्य समाचार