५७ दशमलव ६५ अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आइतबारको कारोबारमा भने वृद्धि भएको हो।

आइतबार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ।

आइतबार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ। अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ। यता, वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

अर्थ