माओवादीको केन्द्रीय समिति बैठक सकियो, भोलि ११ बजे पुन: बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजको लागि सकिएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठक आजको लागि सकिएको हो।

बैठक भोलि बिहान ११ बजे पुन: बस्नेछ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्।

बैठक तीन दिन चल्ने बताइएकाे थियाे तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।

मुख्य समाचार