राक्सिराङबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ

हेटौंडा । मकवानपुर राक्सिराङ गाउँपालिका–५ कुत्तासिङबाट ३ किलो ५ सय ग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहान रहेका छन् ।ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले आइतबार बिहान चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका चौहानलाई उक्त लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका चौहानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार