भारतीय दूतावासका सुरक्षागार्डले आफैँलाई गोली हानेर गरे आत्महत्या ! 

काठमाडौंस्थित भारतीय दूतावासका कार्यरत सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । 

उनले आफैँले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् । मृत्यु हुनेमा सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंह रहेका छन् । 

उनले आफैँले बोक्दै आएको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । 

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । 

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

मुख्य समाचार