मोटरसाइकलमा चट्याङ पर्दा एकजनाको मृत्यु 

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा गुडिरहेको  मोटरसाइकलमा चट्याङ पर्दा मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको छ। 
बुधबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत फापरबारीबाट बागमती-४ पाँचपाण्डवमा झुरझुरे तर्फ जादै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाइकलमा अकस्मात चट्याङ पर्दा मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा  सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको हो।चट्याङ पर्दा मोटरसाइकल चालक भने सामान्य घाइते भएको जनाइएको छ।

समाचार