बकैयामा करेन्ट लागेर एक व्यक्तीको मृत्यु  

मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्तीको मृत्यु भएको छ। 

बुधबार दिउँसो बकैया ६, गोवरस्थानका खेतमा सिचाई गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३४ वर्षीय बुद्धिलाल बलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। 
सिचाई गर्न मोटर चलाउने क्रममा बललाई एक्कासी करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।prastakhabar

समाज