तत्कालका लागि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित 

प्रधानमन्त्री शेरबहादुर देउवाको हुने भनिएको अमेरिका भ्रमण तत्कालका लागि स्थगित भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री देउवाले तत्काल अमेरिका भ्रमणमा नजाने बताएका हुन् । 

अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । 

सरकारले एसपीपी सम्झौता नगर्ने निर्णय गरिसकेको छ ।

समाचार