शुक्रबार देखि स्थानीय तहबाटै ई-पासपोर्ट भर्न सकिने

२४ असार,मक्रान्चुली- मकवानपुरमा अब १० वटै स्थानीय तहबाट निःशुल्क रुपमा विद्युतीय पासपोर्टको अनलाईन फारम भर्न मिल्ने भएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेले कार्यालयमा अनलाईन फारम भर्नेको भीडभाड बढेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्वयमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाईन फारम भर्ने व्यवस्था मिलाईएको बताउनु भएको छ ।

प्रजिअ पाण्डेले आज शुक्रबारबाट १० वटै स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने गरि व्यवस्था गरिएको बताउनुभयो ।

मकवानपुरमा दैनिक इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने भन्दै शुक्रबार कार्यालयमा समयमानै पुगेर स्थानीय तहबाट फारम भर्न सकिनेछ प्रजिअ पाण्डेले बताउनु भएको छ ।

बागमती प्रदेश मुख्य समाचार