गोली लागेका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन 

एक व्यक्तिको गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा भाषण गरिरहेका बेलामा ४१ वर्षीय एक व्यक्तिले आबेलाई गोली हानेका थिए । 

आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो। सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले हिरासतमा राखेको छ । 

आबे ६७ वर्षका थिए। आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता थिए । स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

मुख्य समाचार