प्रधानमन्त्री देउवाको आव्हानमा  कांग्रेसको पदाधिकारी बैठक बस्ने 

हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा आज पार्टीको पदाधिकारी बैठक बस्ने भएको छ । 
भोली सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आज दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । 
बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने एक नेताले बताए । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेसले स्थानीय चुनावको समीक्षा गर्न सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् । 
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्ने एजेन्डासमेत रहेको छ । बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु सहभागी हुनेछन् । १४ औं महाधिवेशनपछि कांग्रेसले कोषाध्यक्ष भने मनोनीत गरेको छैन । 

मुख्य समाचार