हेटौंडा उपमहानगरपालिकाः चालु आवको बजेटमा ७५ प्रतिशत बित्तिय प्रगती 


हेटौंडा ।
 हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा खर्च गरिने बजेटमा ७५ प्रतिशत बितिय प्रगती गरेको छ । चालु आर्थिक वर्षका लागि निवर्तमान मेयर हरि बहादुर महतको नेतृत्वमा नगरसभाबाट पारित भएको बजेटबाट राम्रो प्रगती भएको हो । आलु आर्थिक वर्षको बजेटमा असार २३ गते सम्मको बजेटमानै ७५ प्रतिशत बित्तिय प्रगत िभएको र यो गती अझै बढ्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले बताउनुभयो ।

प्रदेश र संघीय सरकारको बजेटमा सञ्चालित अधिकांस योजनाको काम सकिएको र त्यही अनुसार भुक्तानी पनि भएको चौलागाईले बताउनुभयो । प्रदेश बजेट अन्तर्गत प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत कुल ३८ वटा योजना सञ्चालन गरिएकोमा सबै योजना निर्माणको काम सकिएको उहाँको भनाई छ । उपमहानगरपालिकाको बजेटमा चालु आर्थिक वर्षमा निवर्तमान मेयर महतको नेतृत्वमा पूर्वाधार र सामाजिक बिकासका कामलाई जोड दिएर बिकास गरिएको थियो ।

जनप्रतिनिधिहरुले छनोट गरेका धेरैजसो योजना कर्मचारीको लगनशिलताका कारण समयमानै सक्न सफल भएको चौलागाईले बताउनुभयो । प्रदेश बजेटमा पर्यटन पूर्वाधार तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कुल ८ वटा योजना सञ्चालन गरिएकोमा सबैजसो योजना सकिएको हो । यसैगरी प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत २१ वटा योजना सञ्चालन गरिएकोमा सबै सकिएको र बजेट पनि निकासा गरिएको छ ।janapatra

प्रदेश समाचार बागमती प्रदेश