नबिल र नेपाल बंगलादेश बैंक लिमिटेड बीचको एकीकृत कारोबार आजदेखि

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेड बीचको एकीकृत कारोबार आज सोमबारदेखि शुरु हुँदैछ । दुई बैंक एकीकृत भएपछि आजदेखि ‘नबिल बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार हुन लागेको हो । नबिलले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिशन) गरेपछि आजबाट एकीकृत कारोबार हुन लागेको हो । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । स्वाप रेसियो १००ः४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ । साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार अब एकीकृत रुपमा नबिल बैंकको नामबाट सुरु हुने छ । यही असार १५ गते राष्ट्र बैंकको सञ्चालक समितिले दुबै बैंकलाई एकीकृत हुने अनुमति दिएको थियो ।

मुख्य समाचार