धोबीखोलामा फोहोर फ्याँक्नेलाई २५ हजार जरिवाना

 काठमाडौं :  काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ।

धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको  काठमाडौं महानगरपालिकाले जनाएको छ।

आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो। त्यससँगै महानगरका मेयर बालेन साहको चर्काे आलोचना समेत भएको थियो।

जसलाई छानबिन गरी कारबाही स्वरुप सो रकम तिराएको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ। सो सामग्रीको छानबिन गरी उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चीस हजार रुपैयाँ जरिवाना गरेका छौँ।’

कुनैपनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिन उनले अनुरोध समेत गरेका छन्।

मुख्य समाचार