मकवानपुरगढीमा कार्यरत करार कर्मचारीको म्याद थप नहुने


३२ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी गरिएको सूचना अनुसार सेवामा विभिन्न समयमा पदपुर्ति भएका एवम निकायहरबाट नियुक्ति भई तथा सिफारिस भई यस गाँउपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु तथा स्वास्थ्य चौकि ईकाईहरुमा सेवा करामा कार्यरत सम्पुर्ण कर्मचारिहरुको असार ३२ गतेबाट म्याद सकिएको उल्लेख गर्दै म्याद थप नभएका कर्मचारीहरुको साउन १ गतेबाट हाजिर नहुने जनाइएको छ ।

सेवा करार अवधि सकिएका कर्मचारीहरुको म्याद थप गर्न साउन १५ गते भित्र सिफारिस गर्नेगरी ५ सदस्यीय समिति गठन गरिएको सुचनामा उल्लेख छ ।



सेवा करार अवधि सकिएकामा सुचना प्रबिधी १ जना , न्यायिक सहजकर्ता १ जना , गरिबी निवारणका लागि लघु उधम कार्यक्रमका कर्मचारी १ जना , प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका संयोजक तथा रोजगार प्राबिधिक २ जना, पन्जिकरण शाखा अन्तर्गत कृषि बाट ७ तथा पशु प्राबिधीक ८ जना २ जना पशु ज्यालादारी ४ जना संघीय सशर्त , स्वास्थ सेवा अन्तर्गतका सबै कर्मचारीहरु अहेब ४ जना अनमी ८ जना  त्यसैगरि कार्यलय सहयोगि ८ जना र ल्याब असिन्टेन २ जना रोभिङ १ जना र बिधालय नर्स ३ जना गाउपालिका तथा वडाका सिभिल ईन्जिनियर १ जना वडा प्राबिधिक कर्मचारी ८ जना त्यसैगरि नक्सा शाखा अन्तर्गत ईन्जिनियर १ जना तथा अमिन १ जना , हलुका सवारी चालकहरु ३ जना  साथ साथै गाउँपालिका वडा कार्यलय सहयोगीहरु १० जना र पालिका तथा वडाका बालमैत्री सहजकर्ताहरु ९ जना गरि जम्मा ८० जना रहेको बुझिएको छ ।

विद्यालय नर्स प्रदेश मार्फत सम्झौता हुने भएकोले म्याद थप हुने बताइएको छ ।

अर्थ मुख्य समाचार समाज