आज पनि देशभर वर्षा

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । 

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  

दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  

मुख्य समाचार