मानव अधिकार एलायन्सको स्थापना दिवसमा स्मारकमा गरियो बृक्षारोपण

 

हेटौंडा / राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स ) को २३ औं स्थापना दिवसको अवसरमा एलायन्स मकवानपुरले बृक्षारोपण कार्यक्रम गरेको छ ।
एलायन्स जिल्ला कमिटी मकवानपुरले बुधबार हेटौंडा–११, स्थित शहिद स्मारक क्षेत्रमा बृक्षारोपण गरेको हो ।

स्मारक परिसरमा नवनिर्मित “एलायन्स बगैँचा” तथा स्मारक क्षेत्र भित्र विभिन्न जातका २ सय बढी विरुवाहरु रोपीएको मानव अधिकार एलाइन्स मकवानपुर जिल्ला सचीब सम्राट सिलवालले बताउनुयो ।

एलायन्स मकवानपुरका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सदस्य सुमित्रा काफ्ले, आरती पाठक, हेटौंडा ११ का वडा अध्यक्ष जुना दहाल, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, एलाइन्सका केन्द्रिय सदस्य तुल्सी रिजाल लगायतको उपस्थिती थियो ।

?b
मुख्य समाचार समाचार समाज स्थानीय