उपसभामुखको निर्वाचनका लागि आज मनोनय दर्ता

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। 

बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ।

मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले  २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ।

मुख्य समाचार