राष्ट्रिय प्रजातन्त्र पार्टि मकवानपुरले ६ बुँदे माग सहित हेटौडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझायो

राष्ट्रिय प्रजातन्त्र पार्टि मकवानपुरले ६ बुँदे माग सहित हेटौडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। पार्टिले बुझाएको ज्ञापन पत्रमा हुप्राचौरमा बन्नलागेको भ्युटावर देखी महिला स्वास्थ्यको विषयमा संवेदनशिल बन्न माग गरिएको छ।


¥यली सहित उपमहानगरपालिका कार्यालय पुगेका नेता कार्यकर्ताहरुले माग सम्बोधनकोलागी दवाव स्वरुप धर्नापनि दिएका थिए । ज्ञापन पत्रमा हुप्राचौरमा बन्ने १३ तल्ले ब्यवसायीक भ्युटावर हेटौँडा अस्पताललाई हस्तान्तरण गर्न, ५०० शैंयाको हेटौडा अस्पताल निर्माण तथा संचालन गर्न आवस्यक विभिन्न सहयाृेग गर्नमाग गरिएको छ। यस्तै भत्काईएको सभागृह खाली गरी खुल्ला चौर निर्माण गर्न र विरेन्द्र शाहको शालिक र वाटिका मर्मत संभार गरि सर्वसाधारणलाई खुल्ला गर्न माग गरिएको छ।

हेटौडा उपमहानगरपालिकाको स्वामित्व र भोगचलनका जमिन र भवनहरुको विवरण सार्वजनिक गर्न पनि राप्रपाले माग गरेको छ। महिलाहरुको स्तन तथा पाठेघर र पुरुषहरुको फोक्सो क्यान्सरको निःशुल्क परिक्षणको ब्यवस्थागर्न हेटौडा उपमहानगरपालिका सँग माग गर्दै ज्ञापन पत्र बुझाईएको राप्रपा मकवानपुरले जनाएको छ।

मुख्य समाचार