हेटौँडा अस्पतालको भवन बनाउने एउटै डिपिआरको लागि दुई पटक रकम भुक्तानी

हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालको भवन निर्माणको लागि बनाईएको एउटै डिपिआरको लागि दुईवटा मन्त्रालयले रकम भुक्तानी गरेको पाईएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशकै अर्को मन्त्रालय सामजिक विकास मन्त्रालयले निर्माण गरेको डिपिआरमा पनि पुन रकम खर्च गरेको पाईएको छ ।

हेटौंडा अस्पतालको भवन निर्माण गर्नका लागि सामाजिक विकास मन्त्रालयले तयार गरेर स्वीकृत गरिसकेको डिपिआरका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि १६ लाख ६० हजार रुपैयाँ रकम भुक्तानी दिएको पाईएको हो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेशका मन्त्रालयले गरेको अनियमितताबारे खुलासा भएको छ ।

मुख्य समाचार