आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। 

कुहिने र नकुहिने फोहोरको अलग अलग संकलन गर्ने अभियानमा सबैले साथ दिन महानगरका प्रमुख बालेन साहले अनुरोध गरेका छन्।

महानगरले सुरु गरेको अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्न आग्रह गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले आज सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यो महा अभियानलाई सफल पार्न अनुरोध गरे।

मुख्य समाचार