जसपा विवाद : दुई केन्द्रिय सदस्यसहित ६९ जनाको सामुहिक राजीनामा 

काठमाडौं  । जनता समाजवादी पार्टी जसपाका पर्सा जिल्लाका दुई केन्द्रिय सदस्यसहित ६९ जनाले सामुहिक राजीनामा दिएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जना केन्द्रीय कार्यकारणी सदस्यलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले सामुहिक राजिनामा दिएका हुन् । वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन् । पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टचारी हावी भएको भन्दै राजीनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वीरगञ्जमा असार २९–३० गते बसेको जसपाको केन्द्रीय समितिको बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जना कार्यकारणी सदस्यहरुलाई पदमुक्तको कारवाही गरेको थियो ।

मुख्य समाचार