पूर्व–अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले थप प्राविधिक अनुसन्धान गर्ने 

पूर्व–अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले थप प्राविधिक अनुसन्धान गर्ने भएको छ। त्यसका लागि अहिले सिंहदरबारमा समितिको बैठक बसिरहेको छ।

हिजो बसेको छानबिन समितिको बैठकले सीसीटीभी फुटेज फेला पार्न नसकिने निष्कर्ष निकालेको थियो। समितिले  जेठ महिनाको फुटेज मगाए पनि असार महिनाको मात्र फुटेज दिइएको थियो।

आज सीसीटीभीका विषयमा विज्ञहरूसँग छलफल हुँदै छ। समिति सचिव सुरेन्द्र अर्यालका अनुसार सीसीटीभी फुटेज रिकभर लगायतका प्राविधिक कामका लागि नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र नेपाल प्रहरीको साइबर ब्यूरोका विज्ञसँग छलफल गर्न लागिएको हो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९।०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व–अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

मुख्य समाचार