संघीय संसदका दुवै सदनको बैठक आज

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। 

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरू बढेर सुनाउने कार्यसूची छ। 

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलोसंशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता माथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ।  आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक २०७६ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सो विधेयक पारित गराउने प्रस्ताव पनि मन्त्री पौडेलले गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले गरेको छ।

मुख्य समाचार